निर्वाचन आयोगले भन्यो: लोकप्रिय मतमा कांग्रेस पहिलो, एमाले दोस्रो

निर्वाचन आयोगले भन्यो: लोकप्रिय मतमा कांग्रेस पहिलो, एमाले दोस्रो


ग्लोब नेपाल
3k
Shares

काठमाडौं । निर्वाचन आयोगले गत ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ ।

आयेगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मत विवरणमा नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ । आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ ।

आयोगको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ । यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।

माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ । चौथो स्थानमा रहेको जसपाले वडाध्यक्षतर्फ ६ लाख ८८ हजार ३८० मत पाएको छ भने नेकपा एसले ४ लाख २२ हजार ७३७ मत वडाहरूमा पाएको छ ।

छैटौँ स्थानमा रहेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको छ । सातौँ स्थानमा लोसपा रहेको छ । उसले २ लाख ४४ हजार ८८८ मत पाएको छ ।

अन्य दल कस्को कति मत ?