देशभर ८० प्रतिशत मात्रै रोपाई सकियो

देशभर ८० प्रतिशत मात्रै रोपाई सकियो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । साउन महिनाको दोस्रो हप्ता बितिसक्दा देशभर ८० प्रतिशत मात्रै रोपाई भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार अहिलेसम्म देशभर ८० प्रतिशत रोपाइ भएको हो । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ८ प्रतिशतले कम हो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार गत वर्ष यहि समयमा ८८ दशमलव ८ प्रतिशत रोपाई थियो । यसपाली रोपाई गर्ने बेलामा पर्याप्त पानी नपरेको तथा रासायनिक मल अभाव भएकाले पनि पूर्ण रुपमा रोपाई हुन नसकेको उनले बताए ।

मन्त्रालयका अनुसार विशेषगरि प्रदेश १, मधेश र लुम्बिनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण कम रोपाई भएको हो । हाल ती प्रदेशमा मनसुन सक्रिय रहेको र रासायनिक मलको उपलब्धतामा पनि क्रमश सुधार आएकाले अबको ५ दिनमा विगत वर्षहरूमा जस्तै शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।