काठमाडौं । मंगलबार (हिजो) उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार (आज) दोहोरो अंकले बृद्धि भएको छ । बुधबार २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेर रोकियो ।
बुधबार ५ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर कारोबार भएको छ। व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखिन्छ। विकास बैंक,माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ। जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ।
बुधबार जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेश्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।
यस दिन उच्च दरमा शेयरमूल्य घट्नेमा धेरै म्युचुअल फण्ड रहेका छन्। भरखरै दोस्रो बजारमा कारोबार सुरु भएको कुमारी धनबृद्धि योजनाको इकाइमूल्य १० प्रतिशतले घटेको छ भने नविल ब्यालेन्स फण्ड ३ को पनि ३.२३ प्रतिशतले घटेको छ।
बुधबार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख र नेश्डो लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
प्रतिक्रिया