यसरी हेर्न सकिन्छ एसईईको नतिजा

यसरी हेर्न सकिन्छ एसईईको नतिजा


ग्लोब नेपाल
3.3k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस वर्षको कक्षा १० (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो। उक्त बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिनेछ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम वेबसाइट see.ntc.net.np राष्ट्रिय परीक्षा बोर्डकाे वेबसाइट neb.gov.np, सानोठिमी, स्प्यारो पे प्रालिकाे khalti.com, निमा एडुकेशन फाउण्डेशनकाे neemaacademy.com, कान्तिपुर पब्लिकेशनकाे वेबसाइट ekantipur.com, बाट पनि नतिजा हेर्न सकिने छ ।