स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले भदौ १ देखि सधैँका लागि उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।

महानगरले सम्झौताअनुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए । समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको उनले बताए ।

सरकारसँग १ भदौदेखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको उनको भनाइ छ । ढुङ्गानाले भने, ‘मानबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउने छ । बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षा गर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ ।’