अब राष्ट्रिय परीक्षा बोर्डको विज्ञापनमा अनलाईनबाट मात्रै दरखास्त दिनमिल्ने !

अब राष्ट्रिय परीक्षा बोर्डको विज्ञापनमा अनलाईनबाट मात्रै दरखास्त दिनमिल्ने !


ग्लोब नेपाल
405
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रिक्त कोटाको स्थायी पदपूर्तिका लागि यहि श्रावण ६ गरेको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनमा अनलाईन दरखास्त आह्वान गरेको जनाएको छ ।

बोर्डले बिहिबार एक सूचना निकाल्दै, यहि श्रावण १३ गतेदेखि उक्त विज्ञापनमा विद्युतीय माध्यम (अनलाईन) बाट मात्रै दरखास्त दिन सकिने जनाएको हो । ‘राष्ट्रिय परीक्षा बोर्डको रिक्त पदपूर्तिका लागि मिति २०७९/४/६ गते प्रकाशित विज्ञापनको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने पदमा उम्मेदवारहरूले मिति २०७९ साउन १३ गतेदेखि विद्युतीय माध्यम (Online Application) बाट मात्र दरखास्त दिने व्यवस्था मिलाइएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।