एसईईकाे नतिजा छानबिन गर्नुपर्छ: सांसद प्रकाश पन्थ

एसईईकाे नतिजा छानबिन गर्नुपर्छ: सांसद प्रकाश पन्थ


ग्लोब नेपाल
3.1k
Shares

काठमाडौँ । राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले एसईईको नतिजा छानबिन गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्थले विद्यालयले मूल्यांकन गर्दा ४ जीपीए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्यांकन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् । उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययनबाहेक के अवसर दिन्छ भनेर प्रश्न गरे । ‘विद्यालयले मूल्यांकन गर्न जीपीए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन र कसरी यो फरक परेको हो ?’, उनले भने, ‘४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठीक हो कि, विद्यालय ठीक हो कि, बोर्ड ठीक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस्।’

सांसद पन्थले कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले कस्ता अवसर दिन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सीप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’