अमेरिकी राजदूतावासले भन्यो: सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नियमित

अमेरिकी राजदूतावासले भन्यो: सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नियमित


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको आजदेखि सुरू हुन लागेको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

सहायक विदेशमन्त्री लु काठमाडौं आइपुग्नु केही समयअघि मात्रै दूतावासले एक विज्ञप्ति जारी गरेर नियमित भ्रमणको सिलसिलामा सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि नेपाल आउने स्पष्ट पारेका हो। दूतावासका अनुसार मन्त्री लुले अमेरिकी विदेश मन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी) वितरण गर्नेछन्।

‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँमा सहायक विदेश मन्त्री लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स (एसीई) नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नुहुनेछ ।’

नेपाल बसाईका क्रममा मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कायक्रम छ। मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटने दूतावासले जनाएको छ।