चुनाव घोषणा गर्छु भन्दै देउवाले फोन गरेपछि प्रचण्डले भने: केहि दिन पर्खिनुस् !

चुनाव घोषणा गर्छु भन्दै देउवाले फोन गरेपछि प्रचण्डले भने: केहि दिन पर्खिनुस् !


ग्लोब नेपाल
837
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्नका लागि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति मागेका छन् ।

बिहीबार माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका अध्यक्षसहितका नेताहरुसँग प्रचण्डले देउवाले फोन गरेर चुनावको मिति घोषणा हुन लागेको बताएको र आफूले केही दिन रोक्न आग्रह गरको बताएका हुन् । ‘हिजो म एउटा कार्यक्रममा रहेको समयमा प्रधानमन्त्रीले फोन गरेर भोलि (बिहीवार) चुनावको मिति घोषणा गर्ने तयारी गरेको छु भन्नुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै प्रचण्डले भने, ‘नागरिकता विधेयकलगायत संसद्मा बाँकी रहेका विधेयक पारित गरेर एक/दुई दिनमा चुनाव घोषणा गर्नुहोला भनेर मैले सुझाव दिएको छु ।’

उनले अहिले कै गठबन्धनलाई निर्वाचनसम्म लैजाने बताएको भेटमा सहभागी प्रेस सेन्टर निकट एक पत्रकारले बताए । बाहिर चुनाव सार्न अनेक चाल चालेको भनेर हल्ला भइरहेको भन्दै यसमा सत्यता नभएको प्रचण्डले दाबी गरे। प्रचण्डले प्रेस सेन्टरका नेतासँग भने, ‘बाहिर अनेक खालका हल्ला चलेका छन, यसमा सत्यता छैन, केही दिनमा चुनावको मिति घोषणा हुन्छ र मंसिर ४ मै चुनाव हुन्छ ।’

प्रचण्डले माओवादीलाई यसपटकको चुनावमा हार्ने छुट नभएको भन्दै सबै तयारी गर्न निर्देशन दिएका छन् ।