काठमाडौं आइपुगे अमेरिकी सहायकमन्त्री डोनाल्ड लू

काठमाडौं आइपुगे अमेरिकी सहायकमन्त्री डोनाल्ड लू


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् ।

दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । नेपाल आएका उनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम छ । कुटनीतिक स्रोतका अनुसार उनी चार्टर्ड विमानमा भारत हुँदै केहीबेर अघि काठमाडौंमा ओर्लिएका हुन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपालको दुईदिने भ्रमणमा आएका हुन् ।