बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’

बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’


ग्लोब नेपाल
270
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसाप) बाट अलग भएका डा.बाबुराम भट्टराईको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ ।

निर्वाचन आयोगले भट्टराई पक्षको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब भट्टराईको नेतृत्वमा रहनेछ ।

निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको भट्टराई पक्षका नेता विश्वदीप पाण्डेले बताए ।

जसपामा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।