न्यूनतम १.६ जिपीए ल्याएकाले मात्रै कक्षा ११ मा भर्ना गर्न पाउने !

न्यूनतम १.६ जिपीए ल्याएकाले मात्रै कक्षा ११ मा भर्ना गर्न पाउने !


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले कक्षा ११ मा भर्नाका लागि सबै विद्यालयलाई सर्तसहित निर्देशन दिएको छ ।

बोर्डले प्रध्यानाध्यापक तथा क्याम्पस प्रमुखलाई एक पत्र लेख्दै २०७४ असोज २ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्नाका आधार भएका हुनाले सोहि अनुसार गर्न गराउन निर्देशन दिएको हो ।

बोर्डको प्रदेश कार्यालयले साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइंट १.६ प्राप्त गरी कक्षा १० मा अध्ययन गरेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने, कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय बाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाईंट १.६ प्राप्त गरेको हुनुपर्ने हुँदा सबै क्याम्पस तथा विद्यालयलाई सोही अनुसार गर्न गराउन सनर्देशन दिएको छ ।