देशभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्रीमा रोक !

देशभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्रीमा रोक !


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सरकारले देशभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ ।

बिहीबार वन तथा वातावरण मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, ओग्यात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ।’