फरक मतसहित संसदीय छाबिन विशेष समितिको प्रतिवेदन तयार

फरक मतसहित संसदीय छाबिन विशेष समितिको प्रतिवेदन तयार

भोलि सभामुखलाई बुझाइने


ग्लोब नेपाल
756
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय छानबिनविशेष समितिले प्रतिवेदन तयार गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो। समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए। उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको पनि बताए । उनले भने, ‘भोलि प्रतिवेदन हेरिसकेपछि सबै थाहा हुन्छ । के-के भयाे भनेर अहिले भन्न मिल्दैन ।’

छानबिन समितिमा रहेका एमाले सांसद खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुंगोमा पुगेको र सबैका आफ्ना-आफ्ना विचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको बताए । उनले भने, ‘प्रतिवेदन अन्तिम चरणमा छ । सबैले आ–आफ्नो कुा राखियो । कतिपय कुरामा सर्वसम्मत भयो, कतिपय कुरामा छलफल नै बाँकी छ।’

स्रोतका अनुसार एमाले सांसदहरु प्रतिवेदनको निस्कर्षमा सहमत छैनन् । तर, बिहिबारको बैठक नै अन्तिम भएको बताइएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गराएको भनी तत्कालिन अर्थमन्त्री शर्मामाथि प्रश्न उठेपछि प्रतिनिधि सभाले २२ असारमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।