नाफासँगै बढ्यो सीवाइसी नेपाल लघुवित्तको ईपीएस

नाफासँगै बढ्यो सीवाइसी नेपाल लघुवित्तको ईपीएस


ग्लोब नेपाल
675
Shares

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सीवाइसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा सीवाइसीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.०८ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११४.७७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ६२.११ प्रतिशत बढेको छ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ भने जगेडा कोष १९९.७२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४६२.८७ प्रतिशत, निक्षेप ५७.६७ प्रतिशत र कर्जा १०५.२१ प्रतिशत बढेको छ।

यसको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशतमा झरेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।