कांग्रेस नेता प्रदीप गिरीलाई भयो के ?

कांग्रेस नेता प्रदीप गिरीलाई भयो के ?

छातीमा इन्फेक्सन भएर निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो


ग्लोब नेपाल
89.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी यतिबेला भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । उहाँको स्वास्थ्यलाभको कामनाले सामाजिक सञ्जाल भरिएको छ । नेता गिरीको स्वास्थ्य अवस्थाबारे ‘ओपन सेक्रेट’ जस्तै छ । तर औपचारिक रुपमा केही कुरा पनि बाहिर आएको छैन ।

गत वर्षको साउन अन्तिममा घाँटीमा समस्या देखिएपछि गिरी उपचारका लागि भारत प्रस्थान गरेका थिए । उनको उपचार मुम्बइको हिन्दूजा अस्पतालमा भएको थियो । त्यहाँ उनलाई डा. सुल्तान प्रधान नेतृत्वको टोलीले उपचार गरेको थियो । अस्पतालमा भर्ना भएका बेला कांग्रेस नेता विमलेन्द्र निधि उनलाई भेट्न मुम्बाइ पुगेका थिए ।

उपचारपछि नेपाल फर्किएर घरमै स्वास्थ्यलाभ गरिरहेका गिरीलाई गत सोमबार एक्कासी अस्पताल भर्ना गरियो । छातीमा इन्फेक्सन भएर निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । औषधिका कारण उनीमा रोग प्रतिरोधात्मक क्षमता कम भएपछि यस्तो समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

अस्पताल भर्ना भएपछि विशेष व्यक्तिबाहेक कसैलाई भेट गर्न दिइएको छैन । अस्पतालमा भेट्न नपाएका उनका शुभचिन्तकले सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यद्यपी, नेपाली कांग्रेसका केही नेताहरुले भने गिरीसँग भेट गरेका छन् ।