संसदीय छानबिन विशेष समितिले सभामुखलाई बुझायो प्रतिवेदन

संसदीय छानबिन विशेष समितिले सभामुखलाई बुझायो प्रतिवेदन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रचिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णले संघीय संसद् भवनस्थित कार्यकक्ष पुगेर सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन हस्तान्तरणमा समितिका सबै सदस्यहरू उपस्थित थिए । बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ ।

बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ ।समितिले नै मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारलाई सफाइ दिएको हो ।