यस्तो छ, एमाले सांसदको फरक मतसहित छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ, एमाले सांसदको फरक मतसहित छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)


ग्लोब नेपाल
702
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आज आफ्नो प्रतिवेदन सभामुख अग्नि सापकोटालाई हस्तान्तरण गरेको छ ।

१२९ पेजको उक्त प्रतिवेदनले जेठ १४ गते राति अनधिकृत व्यक्तिले अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको उल्लेख छ । प्रतिवेदनमा १ बुँदे निष्कर्ष र ११ बुँदे सुझावहरू उल्लेख छन् । साथै, एमालेका चार सांसदहरूको फरक मतलाई पनि प्रतिवेदनमा स्थान दिइएको छ ।

निष्कर्षमा भनिएको छ, ‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।

यस्तो छ संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन: