प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

लुले प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । सो क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न जानुअघि लुले परराष्ट्रमन्त्री डा।नारायण खड्कालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका थिए ।