समाजवादी केन्द्र तत्काल बन्दैन्, यही गठबन्धन कायम रहन्छ: प्रचण्ड

समाजवादी केन्द्र तत्काल बन्दैन्, यही गठबन्धन कायम रहन्छ: प्रचण्ड


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । दाबी गरेका छन्।

शुक्रबार माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ऐतिहासिक आवश्यकताले संविधान र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन कायम रहने बताए । उनले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको पनि स्पष्ट पारे ।

उनले समाजवादी केन्द्र निर्माणका लागि छलफल नै नभएकोसमेत जिकिर गरे। ‘तत्काल समाजवादी केन्द्र बन्दै छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो छलफलमा त्यो कुरा भएको छैन।’ उनले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गरे । प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’

उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताए । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’

प्रचण्डले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा जोड दिए । खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।