रवीन्द्र मिश्रले भनेः हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु

रवीन्द्र मिश्रले भनेः हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु


ग्लोब नेपाल
162
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका छन् ।

शुक्रबार हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१ औँ जन्मदिनको शुभकामना !’

आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने मिश्रको भनाइ छ ।