प्रचण्डको चेतावनी: आगामी निर्वाचनमा माओवादी दोस्रो नभए सहज हुदैन

प्रचण्डको चेतावनी: आगामी निर्वाचनमा माओवादी दोस्रो नभए सहज हुदैन


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी देशकै दोस्रो ठुलो पार्टी बन्ने दावि गरेका छन् ।

शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरे । माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनेको भन्दै प्रचण्डले कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए । ‘सायद पहिलो तपाईंहरु नै हुनुहुन्छ, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ अन्यथा सहज हुन दिइदैन्’, उनले भने ।

पाँच दलीय गठबन्धन निर्वाचनसम्म कायम रहने भन्दै प्रचण्डले आगामी आम निर्वाचनमा दायाँबायाँ हुन नहुने पनि बताए। ‘म प्रष्टसँग भन्न चाहन्छु, अहिले यही छ दलीय गठबन्धन कायम हुन्छ। यसलाई दायाँबायाँ गरिन्न’ प्रचण्डले भने।

गत स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर अघि बढ्नुपर्ने प्रचण्डको भनाई छ। ‘हामीले अहिले गठबन्धनमा के भनेका छौं भने यी सबै तीतामीठा अनुभवबाट शिक्षा लिएर हामीले गछौं’, उनले भने ।