फ्रेन्डसीप डेमा अमेरिकी दूतावासद्वारा तस्बिर सार्वजनिक

फ्रेन्डसीप डेमा अमेरिकी दूतावासद्वारा तस्बिर सार्वजनिक


ग्लोब नेपाल
729
Shares

काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले फ्रेन्डसीप डेको अवसरमा नेपाल–अमेरिका मित्रता र कूटनीतिक सम्बन्ध स्थापना भएयताका तस्बिरहरु सार्वजनिक गरेको छ । दूतावासको आधिकारिक फेसबुक पेज युएस एम्बेसी नेपालमा ती तस्बिरहरु सार्वजनिक गरिएको हो ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भइसकेको छ । त्यसबेलादेखि हाल नेपालका लागि अमेरिकी राजदूत रेनडी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएको तस्बिरलगायत दुई दर्जन फोटोहरु समावेश गरिएको छ ।

दूतावासले राखेको उक्त पोस्टमा ५ हजार एक सयले लाइक र माया अभिव्यक्त गरेका छन् भने जुगजुगसम्म यो सम्बन्ध कायम रहोस् भन्दै ३ सय २९ जनाले कमेन्ट गरेका छन् । यो समाचार तयार पार्दासम्म १ सय १८ जनाले यो पोस्ट सेयर गरेका छन् ।

https://www.facebook.com/nepal.usembassy/posts/pfbid02dcFWPKuJE6j4jqhYd4NdQBt6KSsWAsQWaTxJPBpepPhpZJmPzFdXxtGohPrFQWbHl