प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से


ग्लोब नेपाल
108
Shares

काठमाडौं  । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १३.०५ अंक बढेर २१४०.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७८ अंक बढेर २१४२.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ५ स्टकको १२ लाख १९ हजार ७१४ रुपैयाँ ५० पैसा बराबरको ४ हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।