एनआईबिएल एस क्याप्टिल १० वर्ष पूरा, विभिन्न सेवामा विशेष छुट

एनआईबिएल एस क्याप्टिल १० वर्ष पूरा, विभिन्न सेवामा विशेष छुट


ग्लोब नेपाल
432
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको आज १० वर्ष पूरा भएको छ ।

आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको क्ष्एइ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।

क्याप्टिल, योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड“ अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना “एनआईबिएल ग्राेथ फण्ड” नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

१० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित विभिन्न योजनाहरु ल्याएको छ ।

यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५ गते सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ । डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण गर्न सकिने कम्पनीले जनाएको छ ।
यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५ गते सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।