संक्रमणकालिन न्यायसम्बन्धी विधेयकको विरुद्धमा प्रदर्शन

संक्रमणकालिन न्यायसम्बन्धी विधेयकको विरुद्धमा प्रदर्शन


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । सरकारले केहि समयअघि मात्रै संघीय संसद्‌मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै त्यसविरुद्ध द्वन्द्व पीडितहरूले धर्ना दिएका छन्।

आइतबार काठमाडौंस्थित माइतीघर मण्डलमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले नेपाल सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर , दण्डहिनतालाई प्रस्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नयाँ कानुनले आफूहरु थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।