नेप्से ५४ अंकले बढ्यो, ५ वटा कम्पनीमा सर्किट

नेप्से ५४ अंकले बढ्यो, ५ वटा कम्पनीमा सर्किट


ग्लोब नेपाल
513
Shares

काठमाडौं । आईतबार पनि शेर बजारमा उत्साह देखिएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५४.५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१९५ अंकमा पुगेको छ ।

कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो । फाइनान्स उपसमूह ३२ अंक घट्यो भने अरु सबै बढे । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ ।

१३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.६ प्रतिशतले घटेको छ । यस्तै इनभेष्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४.१६ अंकले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २.७ प्रतिशलते बढेका छन् ।

उच्च अंकले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।