जिल्ला सभापतिलाई देउवाको निर्देशन: चुनावको मिति घोषणा हुँदैछ, तयारीमा लाग्नुस्

जिल्ला सभापतिलाई देउवाको निर्देशन: चुनावको मिति घोषणा हुँदैछ, तयारीमा लाग्नुस्


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई आगामी मंसिरमा हुने आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बिहान बालुवाटार पुगेका काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई तत्काल निर्वाचनको मिति घोषणा हुने भन्दै तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

भक्तपुरका सभापति थापाले जिल्ला कार्यसमितिका भेला र बैठकभन्दा पनि चुनावको तयारीमा जुट्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए । देउवाले पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको थापाले बताए ।

‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो’, देउवाको भनाइ उद्धृत गर्दै थापाले भने, ‘चुनावको तयारीमा लाग्नुस् । बढी भन्दा बढी साथीहरुलाई जिताउन लाग्नुस्, अहिले बाँकी कुरा छोड्नुस् ।’

जिल्ला सभापति थापाकाअनुसार सम्भवत: सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चुनावको मिति घोषणा गर्नसक्छ । ‘यही हप्ताभित्र चुनावको मिति घोषणा हुने परिस्थिति देखिन्छ । यसमा सबै तयार नै छन् भन्ने मैले बुझेको छु’, उनले भने ।

प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मित तय गरिने संकेत दिएको पनि उनले बताए ।