प्रहरीका १३ एसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए (सूचीसहित)

प्रहरीका १३ एसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए (सूचीसहित)


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आज (आइतबार) प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उदयपुरमा ज्ञानेन्द्र फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पन्डित पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयले तीन दिनअघि मात्र २४ जना एसपीको सरुवा गरेको थियो । काठमाडौं उपत्यका शसस्त्र प्रहरी गण नम्बर २ मा सरुवा भएका घिमिरेको तीन दिनमै काज सरुवा भएर इलाम प्रहरी प्रमुख भएका हुन् ।

काज सरुवा सूची :