सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाल नागरिकता विधेयक २०७९ प्रमाणित गरेका छन्।

संसद सचिवालयका अनुसार आइतवार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन्।

सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणिकरण गरेपछि कानुनीरुपमा लागु हुनेछ ।