भारतबाट पुनः घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

भारतबाट पुनः घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमसः १२ र १६ रुपैयाँ घट्यो


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य (भाउ) छिमेकी देश भारतबाट पुनः पनि घटेर आएको छ ।

सोमबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि नेपाल आयल निगमले भने मुल्य घटाएन ।

मुल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । यो भाउ अझै घट्ने अनुमान छ ।