काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला


ग्लोब नेपाल
702
Shares

काठमाडौँ । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जना मृत अवस्थामा उनीहरुको शव फेला परेको पुष्टि गरे । मृत्यु हुनेमा श्रीमान-श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको बताए । उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।