स्थायी शिक्षकको विज्ञापन खुल्ने पक्का, ७ दिनभित्र विवरण पठाउन समन्वय इकाइलाई ताकेता

स्थायी शिक्षकको विज्ञापन खुल्ने पक्का, ७ दिनभित्र विवरण पठाउन समन्वय इकाइलाई ताकेता


ग्लोब नेपाल
9.1k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मान्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई स्थायी शिक्षकको रिक्त दरबन्दी विवरण तत्काल पठाउन ताकेता गरेको छ ।

केन्दले्र एक सूचना निकाल्दै, ७७ वटै समन्वय इकाइहरुलाई २०७९ बैशाख १ देखि आगामी चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षकहरुको विवरण गत जेठ २० गतेभित्र पठाउनु भनिएकोमा केही जिल्ला बाहेक घेरै जसो जिल्लाहरूबाट हालसम्म विवरण प्राप्त नभएकोले सात दिनभित्र अनिवार्य रूपमा तोकिएकको ढाचामा विवरण पठाउन ताकेता गरेको हो ।

‘शिक्षक सेवा आयोगबाट माग भई आएको २०७९ वैशाख १ देखि २०७९ चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरवन्दी विवरण २०७९/०२/२० गतेभित्र पठाउनु भनिएकोमा केही जिल्ला बाहेक घेरै जसो जिल्लाहरू बाट हालसम्म विवरण प्राप्त नभएकोले ७ (सात) दिन भित्रमा अनिवार्य रूपमा तोकिएकै ढाँचामा तयार गरी सौको soft copy (ExcelSheet) र hard copy समेत [email protected] मा पठाउनु हुन साथै खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको सो तहको रिक्त विवरण तपठाउनु हुन समेत निर्देशानुसार अनुरोध छ’, केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।