महंगीविरुद्ध एमालेको प्रदर्शन: मल छैन सरकार, कसरी चल्छ घरबार ?

महंगीविरुद्ध एमालेको प्रदर्शन: मल छैन सरकार, कसरी चल्छ घरबार ?


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू,  प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भ्रातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि पनि प्रदर्शनमा सहभागी भएका छन् । 

वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारले इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्नु पर्ने प्रदर्शनकारीहरूको माग छ । ‘बढ्दो महंगी नियन्त्रण गर’, ‘मल छैन सरकार, कसरी चल्छ घरबार ?’, ‘मेरो उत्पादनको मूल्य कति हो सरकार ?’ लगायत प्रश्न सोधिएका नारा लेखिएका ब्यानरहरू उनीहरूले प्रदर्शन गरेका छन् । बसन्तपुरबाट निस्किएको र्‍याली भोटाहिटी हुँदै शान्ति बाटिकामा पुगेर सभा गरिने बताइएको छ ।