सरकारका कारण महंगी बढ्यो, जनताको जीवनस्तर कष्टकर बन्यो: शंकर पोखरेल

सरकारका कारण महंगी बढ्यो, जनताको जीवनस्तर कष्टकर बन्यो: शंकर पोखरेल


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका कारण महंगी बढेर जनताको जीवनस्तर कष्टकर बनेको आरोप लगाएका छन् ।

सोमबार भ्रष्टाचार र महंगीविरुद्ध एमालेले राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । उनले अहिलेको सरकार माफियाको भएको आरोपसमेत लगाए । महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको बताए । उनले भने, ‘यो सरकारका कारण महंगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ ।’

एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको उनले बताए । उनले अघि भने, ‘यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’

अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने उनले बताए । एमाले महासचिव पोखरेलले भने, ‘जनताले घातक व्यक्तिका रुपमा चिनिएका छन् । जनतामाथि घात गर्नेहरुलाई चुनावको मैदानमा पराजित गर्नुपर्छ ।’