बाल्टिमोरमा जनसम्पर्क समितिको वनभोज सम्पन्न

बाल्टिमोरमा जनसम्पर्क समितिको वनभोज सम्पन्न


ग्लोब नेपाल
219.7k
Shares

बाल्टिमोर । नेपाली जनसम्पर्क समिति,अमेरिकाको मेरिल्याण्ड च्याप्टरले यहाँ एक रमाइलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ। आइतवार आयोजित वनभोज कार्यक्रममा मेरिल्याण्ड राज्य वरपर छरिएर रहेका नेपाली कांग्रेसका सदस्य एवं शुभेच्छुकहरुको सहभागिता रहेको थियो।

स्थानीय गनपाउडर पार्कमा आयोजित वनभोजमा सहभागीहरु आपसी भेटघाट,खानपीन र नाचगीतमा रमाइलो गरिरहेका देखिन्थे। पिकनिकको व्यवस्थापनका लागि च्याप्टरले समितिका सक्रिय सदस्य कूलप्रसाद गुरुङलाई संयोजकको जिम्मेवारी दिएको थियो। संयोजक गुरुङको कुशल व्यवस्थापनमा सहभागीहरुले भरपुर मनोरन्जन गरेको समितिका सभापति राजेन्द्र सेन्चुरीले बताए।

सभापति सेन्चुरीका अनुसार, संयोजक गुरुङले सबै साथीभाईलाई समेटेर खानाका विभिन्न परिकारको व्यवस्था गरेका थिए। यसैबीच सभापति सेन्चुरीले पिकनिक सम्पन्न गर्न सहयोग गर्ने र अहोरात्र खट्ने संयोजक गुरुङलगायत सबै सहभागी र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै आपसी भेटघाट र भाईचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको पिकनिक उद्देश्य अनुसार रमाइलो वातावरणमा सम्पन्न भएको जनाएका छन्।

पिकनिक आयोजक समितिका साथीहरुलाई नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले पनि शुभकामना प्रेषित गरेको च्याप्टर सभापति सेन्चुरीले जानकारी दिए। जनसम्पर्क समितिले धेरैपछि यसरी सामुहिक भेटघाट गर्ने अवसर दिलाएको भन्दै सहभागीहरुले च्याप्टर समितिलाई धन्यवाद दिएका छन्।

पिकनिकमा नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्यद्वय गोपाल विश्वकर्मा र कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका गौतम दाहालसहित सल्लाहकार आनन्दकृष्ण घिमिरे, पूर्व महासमिति सदस्य चित्रा कार्कीलगायत जनसम्पर्क समितिको विभिन्न जिम्मेवारीमा रहेका सदस्यहरुको सहभागिता रहेको थियो।

यसैबीच पिकनिक व्यवस्थापन संयोजक कुलप्रसाद गुरुङले पनि आफ्नो तर्फबाट पिकनिकमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन्। पिकनिकमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने र आर्थिक एवं खानपीन समन्वयमा सहयोग गर्ने सबैलाई संयोजक गुरुङले एकमुष्ठ धन्यवाद व्यक्त गरेका छन्।
तस्वीर सौजन्य: निलम गाउँले,बाल्टिमोर
थप तस्वीरका लागि यहाँ क्लिक गर्नु होला-

https://drive.google.com/drive/folders/1OlkbDCxMuElZSGFvDoyC-yvgSREkVM0Q?fbclid=IwAR0vq_8YGCAx4PAA_xAmGBMKAOASEh-wYPMqMYPibbOj9NgBlkkoCXMlVOY&mibextid=v9XM1L&fs=e&s=cl