अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको गम्भीर आपत्ति

अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको गम्भीर आपत्ति



बेइजिङ । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ ।

सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे । सभामुख पेलोसी अहिले दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा रहेकी छन् । उनी सिंगापुर आइसकेपछि प्रतिक्रिया दिंदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाव लिचियानले पेलोसीले ताइवान जाने जिद्दी गर्नुभयो भने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

तर उनले गम्भीर परिणामको ब्याख्या नगरे पनि प्रवक्ता चावले आफूहरु पूर्ण तयारी अवस्थामा रहेको र चीनको जनसेना चूपचाप नबस्ने भन्दै आफ्नो सार्वभौमिकता रक्षाका लागि के गर्नुपर्छ त्यो थाहा हुने बताए ।

उता, ह्वाइटहाउसले सभामुख पेलोसी ताइवान पुगेमा चीनले ताइवान आसपासको क्षेत्रमा सैन्य कारबाही गर्नसक्ने बताएको छ । क्षेप्यास्त्र प्रहार वा ताइवान आसपास ठूलो संख्यामा वायु तथा जलसेना तैनाथ गर्नसक्ने ह्वाइटहाउसको अनुमान छ ।

सभामुख पेलोसीको कार्यालयले ताइवान भ्रमणको तालिका सार्वजनिक नगरे पनि अमेरिकी तथा ताइवानी सञ्चार माध्यमहरुले पेलोसी कुनै पनि बेला ताइपेइ पुग्ने दावी गरेका छन् ।