कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

एयर होस्टेज कन्चनसँग किरण विगत २ वर्षदेखि प्रेममा थिए


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन् ।

एयर होस्टेज कन्चनसँग किरण विगत २ वर्ष देखि प्रेममा रहेको बुझिएको छ । थ्री नेसन्स कप जित्दा दुई जना एकै साथ दशरथ रंगशालामा देखिएका थिए । टोलीको पुरस्कार बितरण समारोहमा किरणले आफ्नी प्रेमिका,उनकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लगेका थिए ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजन २०२२ को उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा हार बेहोर्यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ ।