चुनाव घोषणा अघि नै लोसपालाई सरकारमा सहभागि गराउने तयारी

चुनाव घोषणा अघि नै लोसपालाई सरकारमा सहभागि गराउने तयारी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने अन्ति तयारी गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि सत्ता गठबन्धनमा आउने चाहना राखेपछि प्रधानमन्त्री देउवाले सरकारमा सहभागि गराउने बारेमा छलफल गरेका हुन् । स्रोतका अनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा अघि नै लोसपालाई सरकारमा सहभागि गराउनेबारे नेताहरुबीच सहमति भइसकेको छ । सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । यता, लोसपा एक नेताका अनुसार पनि सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ ।

स्रोतले भन्यो, ‘अब बस्ने मन्त्रिपरिषद बैठकले ४ मंसिरमा चुनावको मिति घोषणा गर्छ । त्यसअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी भइरहेको छ।’ लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायतको शर्त राखेको थियो । त्यसमध्ये नागरिकता विधेयक बारेको माग सम्बोधन भइसकेकाले लोसपा सरकारमा सहभागि हुन तयार भएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार लोसपालाई सरकारमा ल्याउन लगभग सबै नेता सकारात्मक छन् तर कसलाई मन्त्रीबाट हटाएर ल्याउने भन्ने गाह्रो परेको छ। लोसपाले सरकारमा सहभागी हुनका लागि कम्तीमा दुई मन्त्रालयको माग गरेको छ ।

प्रधानमन्त्री देउवाले सक्रियता जति छिटो देखाउन सके त्यति नै छिटो लोसपा सरकारमा सहभागी हुने लोसपाका नेताहरुको भनाइ छ ।