प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन


ग्लोब नेपाल
243
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । बैठकमा सरकारका काम कारबाहीबारे समीक्षा समेत भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठकमा प्रधानमन्त्री देउवाले सरकारको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिएको र थप प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन गरेको जानकारी दिए । उनका अनुसार सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा मन्त्रालय तहबाटै प्रभावकारी काम नभएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले सबै मन्त्री र सचिवलाई बोलाएर निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयन, अर्थतन्त्रमा देखिएका समस्या, आगामी निर्वाचन तथा विपत्‌ प्रतिकार्य लगायतका विषयमा छलफल र निर्देशन दिन प्रधानमन्त्रीले सबै मन्त्री र सचिवहरुको बैठक मंगलबार सिंहदरबारमा डाकेका थिए।