‘फेरी उही मान्छे, गठबन्धनसँग अर्को कोहि मान्छे पनि रहेनछ !’

‘फेरी उही मान्छे, गठबन्धनसँग अर्को कोहि मान्छे पनि रहेनछ !’


ग्लोब नेपाल
432
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई दोहोर्‍याएको बारे सरकारको र सत्तारुढ गठबन्धनको आलोलना गरेका छन् ।

मंगलबार तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै उनले अर्थमन्त्रीका लागि गठबन्धनसँग अर्को मान्छे कोहि पनि थिएन ? भनेर प्रश्न गरेका छन् । अर्थमन्त्री शर्मामाथिको छानबिन पूर्ण नै नभएको अध्यक्ष ओलीले बताए । ‘कहाँबाट सफाइ पायो रु कल डिटेल नलिएर, लिन नदिएर गठबन्धनवालाहरूले,’ उनले थपे ।

नेपाली जनताको नैतिकता र विवेकमाथि ठूलै हमला भएको पनि अध्यक्ष ओलीले टिप्पणी गरे । उनले भने, ‘अनि फेरी अचम्म त के भने लाज सरम नमानी नेपाली जनतालाई कपि हेपेको, नेपाली जनताको नैतिकता र विवेकमाथि कत्रो हमला ! गोरु लजाउने गरी । फेरी उही मान्छे । यो गठबन्धनसँग अर्को मान्छे पनि रहेनछ । कत्रो दम्भ ?’

अर्थमन्त्रीमा शर्मालाई दोहोर्‍याएर सत्तारुढ गठबन्धनले जे गरे पनि हुन्छ भन्ने दम्भ देखाएको ओलीको भनाइ थियो । उनले बहुमत छ भन्दैमा जे गरेपनि हुन्छ भन्ने नठान्न चेतावनी दिए । ओलीले लोकलाज मान्न कांग्रेसलाई आग्रह गरेका थिए ।