६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ


ग्लोब नेपाल
459
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित पक्राउ गरेकाे छ ।

आयोगको टोलीले उपसचिव नेपाललाई ६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो। पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए । नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।