नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि २३ घण्टा पछि सञ्चालनमा आएको थियो । संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान साढे २ बजे सो स्थानमा पहिरो खसेको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ । सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।