प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से


ग्लोब नेपाल
324
Shares

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.७६ अंक घटेर २१९३.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६४ अंक बढेर २१९६.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको २० लाख ९६ हजार ३३१ रुपैयाँ १० पैसा बराबरको ५ हजार ३६२ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ७ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।