बाँध फुटेर बस्ती पस्यो सप्तकोसी (फोटोफिचर)

बाँध फुटेर बस्ती पस्यो सप्तकोसी (फोटोफिचर)


ग्लोब नेपाल
135
Shares

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका- ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । नगरपालिकाका वडा नं. ८, ९ र ३ मा नदी पसेपछि त्यहाँका सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

पश्चिम तटीय क्षेत्रको बेलका नगरपालिका ८ डुम्रीबोटेबाट सप्तकोसी पस्दा नगरपालिकाको ८, ९, ३, २ र १ वडा प्रभावित भएका छन् । बुधबार बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको थियो ।

नदीको बाँध फुटेर गाउँ पस्दा करिब १० परिवार विस्थापित भएका छन् । अहिले सशस्त्र प्रहरीको टोलीले यहाँ उद्धार गरिरहेको छ।