नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब माथि

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब माथि


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक ९०.३१ प्रतिशत० ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ ।

नेप्‍से घटेपनि मंगलबारको तुलनामा कारोबार रकम भने वृद्धि भएको छ। आज २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार ३ अर्ब २९ करोड बराबरको सेयर कारोबार भएको थियो। त्यसदिन नेप्से २.७६ अंकले घटेर २१९३.४८ विन्दुमा बन्द भएको थियो।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये ४ को मात्रै सूचक बढ्‍यो। ट्रेडिङ समूहको सूचक ३.८१ प्रतिशतले बढ्दा हाइड्रोपावरकको १.६४, माइक्रोफाइनान्सको ०.१५ र म्युचुअल फन्डको ०.२२ प्रतिशतले बढ्यो। अदर्श समूहको भने १.११ प्रतिशतले सूचक घट्यो। 

यसदिन दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो। सामलिङ पावर र बलेफी हाइड्रोपावरको क्रमश ९.९९ र ९.९७ प्रतिशतले सेयर मूल्य बढेको हो।

२५ करोड बढीको सेयर कारोबार गरी शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो। अपी पावर कम्पनी १५ करोड बढीको कारोबार गरी दोस्रो स्थानमा रह्यो।