एकैदिन थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि


ग्लोब नेपाल
162
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरु ६ हजार २ जनाको नमुना परीक्षण गरिएकोमा थप ९१५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन् । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन् ।