आगामी ४ मंसिरमा निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको समझदारी 

आगामी ४ मंसिरमा निर्वाचन गर्ने सत्तारुढ गठबन्धनको समझदारी 


ग्लोब नेपाल
783
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।

सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।  ‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा समझदारी बनेको छ,’ ती नेताले भने, ‘अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने पनि समझदारी बनेको छ ।’

यसअघि निर्वाचन आयोगले मंसिर २ गते एकै चरणमा चुनाव गर्न परामर्श दिएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।