बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको ठहर

बेटी पढाऔँ, बेटी बचाऔँ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको ठहर

६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


ग्लोब नेपाल
189
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ कार्यक्रममा भ्रष्टाचार भएको ठहर गरेको छ । उक्त कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५ जना कर्मचारी र एकजना साइकल बिक्रेतालाई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रदेश सचिव यामप्रसाद भुसाल, कार्यक्रमका सीडीआई भगवान झा, सहलेखापाल राजाराम मण्डल, भण्डार जिन्सी शाखा प्रमुख अधिकृत छैठौं रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जीतमोहनकुमार दास र ओम सत्य साई प्रा.लि. वीरगन्जकी म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारद्वारा जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै