प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढ्याे

प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढ्याे


ग्लोब नेपाल
135
Shares

काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ६.७२ अंक बढेर २१८६.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.७२ अंक बढेर २१९१.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको १६ लाख ६७ हजार ९८७ रुपैयाँ बराबरको २ हजार २१३ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।